महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरे

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार ३० गते।

महोत्तरीको प्रकौली व्यारेकमा कार्यरत्त एक नेपाली सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको डीएसपीले जानकारी दिए ।

स्थायी घर रामेछाप लिखु गाउँपालिका ५ भएका अमिरका बुबा सोमबहादुर सोहि ब्यारेकमा पेरीमिटर पोष्टमा कार्यरत रहेको बुझिएको छ ।

अमिर बुधबार बिहान ५.४५ बजेको समयमा हतियारले दायाँ कनचटमा गोली प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरीको टोलि पुगेर घटनास्थलको अनुसन्धान गरिरहेको जनाएको छ ।घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका डिएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *