आज पनि देशका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ४ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

यस्तै आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *