कञ्चनपुरमा साउन १७ गतेसम्मका लागि निषेधाज्ञा थप

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ७ गते।

कञ्चनपुरमा साउन १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले साउन १७ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा मानिसको भीडभाड हुने सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख छ । यसैगरी शैक्षिक संस्थाहरुमा भौतिक रुपमा उपस्थित भएर पठनपाठन नगर्ने, विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने धार्मिक कार्यमा १० जनासम्म सहभागी हुने पाउने जनाइएको छ ।

यस अवधिमा सबै प्रकारका पसल व्यवसाय बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने, बढीमा २५ जनाको सहभागितामा तालिम तथा गोष्ठी गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *