मेलम्ची नदीमा एक्कासी ठूलो बाढी, रेडियो मेलम्चीको भवन र रातोपुल बगायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १७ गते।

मेलम्ची नदीमा शनिबार साँझ एक्कासी ठूलो बाढी आएको छ।

मेलम्चीमा गएराति आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ। यसअघिकाे बाढीले क्षति पुगेको रेडियोको भवन गएरातिको बाढीले बगाएको हो ।

तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो । गएरातिको बाढीले पूरै भवन नै बगाएको हो । बाढीले पुल बगाएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा सडक सञ्जाल टुटेको छ। ​​

बाढीले चनौटेस्थित रातो पुल बगाएको छ। स्थानीय हस्त पण्डितका अनुसार आज बिहान करिब ७:४५ बजे पुल बगाएको हो।

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *