अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १७ गते।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
शनिबार केहीबेर बसेर स्थगित भएको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ।
बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे बैठकमा छलफल हुनेछ।
त्यस्तै‚ केही समयभित्र गर्ने भनिएको पार्टीको विधान अधिवेशनको तयारीबारे पनि स्थायी कमिटी बैठकमा छलफल गरिने उनले बताए।