आज थपिए २ हजार ५६८ जना कोरोना संक्रमित, कुल संख्या ७ लाख ६९ हजार ३०७पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १७ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ५६८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख ६९ हजार ३०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ६ लाख ५६ हजार १९७जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *