अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २० गते।
कास्कीमा साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।

निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ ।