अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ३१ गते।
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।
सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ ।