तालिबानद्धारा विजय भएको दाबी, कहाँ गए अफगानिस्तानका राष्ट्रपति अशरफ गनी

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,साउन ३२ गते।

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्। त्यहाँको सरकारले आत्म समर्पण छ र अफगानिस्तानको राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्।

तालिबानका एक प्रवक्ताले समाचार एजेन्सी सँग कुरा गर्दै भने: “अफगानिस्तानमा युद्ध सकिएको छ।” “हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,” उनले भने।

अफगानिस्तानको राष्ट्रपति अशरफ गनी देश छाडेर उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्।

आइतवार अबेर तालिबानी लडाकुहरुले राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन्। त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *