अफगानिस्तानका राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडे

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ३१ गते।

अफगानिस्तानका राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन्।

यसैबीच, तालिवान लडाकुहरु काबुल शहरमा प्रवेश गरीरहेका छन्। पछिल्लो दश दिनमा अफगानिस्तानका अधिकांश प्रमुख शहरहरु तालिवानले नियन्त्रण लिएपछि राष्ट्रपति घनीलाई राजीनामा दिन दबाब दिएको थियो ।

तालिवानले एक बयान जारी गर्दै भन्यो, उसका लडाकुहरु आधिकारिक रुपमा काबुलका क्षेत्रहरुमा प्रवेश गरी रहेका छन् र कार्यालयहरु कब्जा गरीरहेका छन्।’ राष्ट्रपति अशरफ घनीले शनिबार एक विज्ञप्तिमा काबुलको सुरक्षाका लागि सेना परिचालन गरिरहेको र विगत २० वर्षमा भएको प्रगतिलाई गुमाउने नदिने बताएका थिए । तर तालिवानले भने फटाफट त्यहाँका शहरहरु लाई कब्जा गर्दै गयो ।

तालिवानले आफ्नो शक्ति यति धेरै बढाए कि राष्ट्रपति घनीको विकल्प भएन। अमेरिकाले पनि उनलाई पदबाट हट्न र अन्तरिम प्रशासन नियुक्त गर्न आग्रह गरिरहेको थियो।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *