अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन ३१ गते।
करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-8 स्थित २७ वर्षीया शम्भु महरा भन्ने शम्भु रबिदास रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरस्थित रेल्वे लिकबाट शम्भुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।
उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषाको कमला नगरपालिका-८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।
उनी जिल्ला अदालत धनुषामा पेश भई मुद्दा विचाराधीन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।
डाँका र हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको डीएसपीले बताए ।