अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,भदौ १ गते।
सिरहामा निषेधाज्ञा एक महिना थप गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञाको समयावधि यही भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला शैलुन र होटलबाहेकका पसल, व्यवसायी बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्ने दिने निर्णय भएको उहाँले बताउनुभयो । यद्यपि हाटबजार लगाउन पाइने छैन ।