जनैपूर्णिमा , गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी सांकेतिक रुपमा मनाउन सर्वसाधरणसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।

जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रुपमा मनाउन सर्वसाधरणसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक रुपले मनाउन आग्रह गरेका हुन् ।

साउन ८ गतेसम्म निषेधाज्ञा कायमै रहेको भन्दै प्रशासनले चाडपर्व मनाउँदा भीडभाडजन्य गतिविधि नगर्न अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *