भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।

भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सरकारले  सार्वजनिक विदा दिने भएको छ ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्रीले जानकारी दिए ।

यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएको थियो ।

सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *