असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २१ गते।

असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने भएका छन्।

सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेरआगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन्।

‘बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको  छ,’ उनले भने। 

उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *