अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २३ गते।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण केही दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। आज पनि केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ मौसमविद्को भनाइ छ ।
वर्षा हुने क्रम अब विस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ ।