अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।
१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ ।
कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो ।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आज बुधबारदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ । २७ र २९८ भदौमा तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।
सुचीकरण असोज १८ गते भित्र सकिने विभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ । यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मुल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामूदायिक प्रश्नावली गर्नेछन् ।