आज थपिए १ हजार १५७ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ८५ हजार ५३६ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १३ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार १५७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ८५ हजार ५३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *