आईपीएल अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १५ गते।

आईपीएल अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।

चेन्नईले खेलेका १२ संस्करणको आईपीएलमध्ये ११औं पटक प्लेअफमा पुगेको हो। जारी सिजनमा तीन खेल अगावै चेन्नईले प्लेअफमा स्थान बनाएको छ। हारसँगै सनराइजर्सको भने शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना सकिएको छ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ३८ बलमा सर्वाधिक ४५ रनको योगदान दिए। फाफ डु प्लेसिसले ३६ बलमा ४१ रन बनाउ भने कप्तान महेन्द्रसिंह धोनी ११ बलमा १४ रन बनाउँदै अविजित रहे।

हैदराबादका जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने राशिद खानले १ विकेट लिए।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। हैदराबादका विकेटकिपर तथा ओपनर ऋद्धिमान शाहले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *