अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १७ गते।
पटका भण्डारण गरेको आरोपमा एक जना काठमाडौंमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामनगर गाउँपालिका-१ सर्लाही घर भइ हाल काठमाडौंको कागेश्वर बस्दै आएका ३० वर्षीय कामेश्वर प्रसाद यादव रहेका छन् ।
सोही गोदामबाट प्रहरीले ठूलो परिणाममा पटाका बरामद गरेको हो। प्रहरी उपरीक्षक कोइरालाका अनुसार गोदामबाट प्रहरीले दुई हजार १७ किलो पटाका बरामद गरेको हो।
यादवले विभिन्न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाइ-छिपाइ पटाका, भुइचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरु विजया दशमी तथा दीपावलीलाई लक्षित गरी भण्डारण गरेको प्रहरीको दाबी छ ।
उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को बिस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गर्न कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ।