तालिबान समूह द्धारा छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १ गते।

तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ ।

छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै आएको थियो ।

अफगानिस्तानमा तालिबान सरकार बनेपछि छात्रलाई अध्ययन अध्यापनका लागि जान दिइएको तर छात्रालाई भने नदिइएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।

विरोध र आलोचना गर्नेहरुको दबाबका कारण अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ ।

तालिबान सरकारको गृह मन्त्रालयका एक जना प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्ने एकिन मिति भन्न नसकिए पनि चाँडै हुने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *