अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ९ गते।
काठमाडौं जिल्लामा कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदैछ।
काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो।
काठमाडौं महानगरपालिकाको हकमा बीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)बाट पनि खोप लगाउन सकिने छ ।
यी अस्पतालहरुमा आज र भोलि दुई दिन खोप कार्यक्रम राखिएको छ । पालिकाले तोकेका खोप केन्द्रहरुमा भने आजबाट तीन दिनसम्म खोप कार्यक्रम सन्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाउँदा दिइएको खोप कार्ड बोक्नुपर्ने हुन्छ ।