अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,कार्तिक ११ गते।
युवाहरूको चाहनालाई उत्साहित गर्दै खुशी जागरुक युवा क्लब लहानले क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ। सिरहाको लहान नगरपालिका ३ पुरानो बसपार्कमा खेल सुरु गरेको हो।
शुभ दिपावली तथा छठ पर्वको अबसरको मध्यनजर गर्दै खेल संचालन गरेको हो। स्वास्थयको लागी खेलकुद मुलनाराको साथ कार्यक्रम आयोजना गरेको हो।

खुशी जागरुक युवा क्लब लहानले सामाजिक कार्यमा निकै भुमिका खेल्ने गरेको कल्बको अध्यक्ष नारायण महतोले बताए। नयाँ पुस्तालाई उकास्न संस्थाले अहम भुमिका खेलीरहेको अध्यक्ष महतोले बताए।
प्रत्येक बर्ष यस्ता खेलहरुलाई संस्थाले प्रमोट गर्दै आएका छन्। समाज परिवर्तनमा अवाज बन्दै गरेका देखिन्छ।
मानव अधिकारकर्मी चन्द्र नारायण कुशवाहाले उदघाटन कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि कुशवाहाले खेल भनेको जिबन उपयोगी नै भएको उनले बताए।
खेल संगै शारीरिक व्यायाम पनि हुने गरेको खेल हामी सबै लाई खेल्नु पर्छ जोड दिनु भएको थियो। प्रमुख अतिथि कुशवाहाले पहिलो खेल खेल्दै उदघाटन गरेका थिए। कुशवाहाले बाईटीङ्ग गरेका थिए भने सम्बन्धित वडाका निर्वाचित सदस्य राजा राम महतोले बलिङ्ग गर्दै खेलका उदघाटन गरेका थिए।

बिशिस्ट अतिथि लहान ३ का अध्यक्ष रामदयाल महतो, अतिथिहरुमा राजा राम महतो,समाज सेबी,रामलगन चौधरी, जसपा प्रतयासी फनिलाल महतो,नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका केन्द्रिय अध्यक्ष मुकेश महतो, पत्रकार फिरोज शेख, महेश सिंह, संजय बिश्वकर्मा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। खेल हेर्न सयौं ब्यक्तीहरुको सहभागीता रहेको कल्बका सल्लाहकार श्यामसुन्दर महतो जानकारी दिनुभयो।
उक्त खेलमा जम्मा १६ वटा टिमले भागलिन नाम दर्ता गराएका छ्न। प्रथम दिनको खेलमा RRCC युवा कल्ब लहान ३ र श्री लक्ष्मीनारायण भगवती युवा कृकेट युवाकल्ब नहराले मैदानमा सहभागी भई प्रतिस्पर्धामा आएका छन्।
खेल ६ दिन सम्म चल्ने आयोजकले बताए। खेलमा प्रथम हुने कल्बलाई १५ हजार नगद सिल्ड र प्रमाण पत्र र दृत्य हुनेलाई नगर ८ हजार सिल्ड प्रमाण पत्र सहित बधाई सहित धन्यवाद दिने छ। खेलको फाईनल दिन साईकल रेस मटका फोर कार्यक्रम हुने बताए ।
प्रथम, दोश्रो र तेस्रो हुने लाई एक- एक थान साइकल पुरस्कार स्वरुप दिने क्लबका अध्यक्षले बताए। मटका फोर कार्यक्रममा प्रथम हुनेलाई आयोजक क्लबका निर्णय अनुसार पुरस्कार दिने निर्णय गरेका हुन्।
क्लबका सल्लाहकार श्यामसुन्दर महतोले कार्यक्रम संचालन गरेका थिए ।