सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुलाएको दुई दिनमै बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ११ गते।

सवारी चालक अनुमतिपत्रको  अनलाइन आवेदन बन्द भएको छ।

प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ।

सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द गरिएको विभागले जनाएको छ ।

विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ । ‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *