बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १२ गते।

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्।

उनलाई बिहीबार बम्बई उच्च अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमले लेखेको छ।

लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २७ दिनदेखि मुम्बईको आर्थर जेलमा थिए।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आठ जनालाई पक्राउ गरेको थियो।

यही घटनामा सोधपुछका आधारमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *