अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,कार्तिक १३ गते।
स्थानीय तहहरु भ्रष्टाचारको अखाडा रहेको माओवादी नेता खेमचन्द्र यादव (शिबराम) ले दाबी गरेका छन्। पालीकाहरुमा बिकासको नाउँमा बिनास नै हुने गरेको छ्।
देशको अधिकांस पालिकाहरुमा बिकासको नाउँमा बिनास नै भएको पत्रकार समेलनमा उनले बताए। अहिलेको राजनीतिक ब्यापार भएको छ्। कुनै ठाँउमा भ्रष्टाचार गर्न दाउ पेज मिलदैन भने बिकासको नाउँमा पालिकाहरुमा ठाँउ खाली नै रहेको यादवले दुखेसो पोखनु भयो।
समाजमा सहि नेतृत्वको आवश्यकता भए पनि पक्ष पातको राजनीति गर्न कसम नै खाएको देखिन्छ। सप्तरीको बलान बिहुल गाउँपालिकामा ६ वटा वडा रहेका छन्। करिब १५ हजार जनसंख्या रहेका छन्। बिकासको नाउँमा गाउँपालिकामा ब्रहम लूट नै भएको स्थानीयको आरोप रहेका छन्।