अष्ट्रियामा आजबाट लकडाउन सुरु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक २९ गते।

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि हिजो मध्यरातिदेखि लागू हुने गरी देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

यस निर्णयअनुसार कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका व्यक्तिहरु अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाउने छैनन् । अर्थात् १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई नोकरी गर्न, खानेकुरा किन्न, खोप लगाउन, डाक्टरलाई भेट्न बाहेक हिंडडुल गर्न पाउने छैनन् । पहिलो डोज लगाएकाहरु पनि कोरोना परीक्षण नेगेटिभ रिपोर्ट भएमा मात्र हिंडडुल गर्न अनुमति छ ।

अष्ट्रियाका चान्सलर अलेक्जेन्डर शेलेनवर्गले भनेका छन्, ‘हामीले यस कदमलाई हल्का ढंगले लिएका छैनौं तर दुर्भाग्यवस यो आवश्यक छ ।’

अष्ट्रियामा पश्चिम युरोपमा कोरोनाविरुद्धको खोपको मात्रा सबैभन्दा कम दिइएको छ । अष्ट्रियामा हालसम्म कूल जनसंख्याको ६५ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् । देशमा पछिल्लो केही हप्तायता संक्रमण फेरि बढ्दै गएको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *