सखुवानान्कारकट्टी गाउँपालीकामा भब्य हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,मंसिर ३ गते।

सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकाको शांन्तिनगर बजार कार्तिक पुर्णिमा मेलाको आयोजना संगै शान्तीनगर बिकास समितिको सातौ जनमोत्सव २०७८ को पुनित उपलक्षमा सखुवानान्कारकट्टी गाउँपालीकाद्धारा संचालित अन्तर मा.बि. स्तरीय हाजिरीजवाफ प्रतियोगिताको भब्य आयोजना गरेको थियो।

बजार ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथीमा सिरहा क्षेत्र नम्बर १ ख को प्रदेश सभा सदस्य अशोक कुमार यादव,बिशिस्ट अतिथिमा सखुवानान्कारकट्टी गाउँपालीकाको अध्यक्ष केदारनाथ यादव गाउँपालीकाको प्रमुख प्रसास्किय अधिकृत राम किसोर महतो,शिक्षा सखा प्रमुख भोगेन्द्र यादव अतिथिहरुमा स्थानीय समाज सेबी शिक्षक भोगेन्द्र प्रसाद यादव,शिक्षक श्त्रुधन प्रसाद यादव,लगायत समाज सेबी बुद्धिजीवीहरुको सहभागीता रहेको थियो।

कला सांस्कृतिक हाम्रो स्वाभिमान,स्मृद्ध सखुवानान्कारकट्टी हाम्रो पहिचान मुलनाराको साथ कार्यक्रमको आयोजना गरेका हुन्। सखुवानान्कारकट्टी गाउँपालिका अन्तर गत पर्ने निजी संस्था गत बिधालय तथा सरकारी बिधालयका विद्यार्थीहरुले प्रतियोगिता कार्यक्रममा सहभागी रहेका थिए।

सामुदायिक बिधालय २० मध्ये माबी ४ र अधारभुत बिधालय १६ मज माबी. सोठीयाईन,माबि महदेवा पोर्ताहा ,माबि महेशवारी ,जनता माबी मौवाही लगायतका बिद्यालयका विद्यार्थीहरु प्रतियोगितामा भागलिएका शिक्षक भोगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो। पढाईमा विद्यार्थीहरुलाई जागरुकता गर्न प्रतियोगिता गरेको सखुवानान्कारकट्टी गाउँपालीका शिक्षा सखा प्रमुख भोग्रेन्द्र यादवले जानकारी दिनुभयो।

आधारभुत तहमा म्युजिकल चेयर प्रतियोगिता कक्षा ३का छात्र र छत्रा, र जेरी दौड, कक्षा ५ छत्रा सहभागी भएका थिए भने माबी तहमा कक्षा ९ र १० का छात्र,छत्राहरु सहभागी रहेका थिए।प्रथम पुरस्कारमा बिधालयलाई ट्रफि र सहभागी विद्यार्थीहरुलाई मेडल र नेपाली ब्याकरण परिक्षा प्याड ओजार बकस लगायतका सैशिक सामग्री दिई पुरस्कृत गरेका छन्।

उत्कृष्ट ३ प्रथम द्वितीय र तृतीय लाई सम्मान पुरस्कार दिई विद्यार्थीहरुको मनोबल लाई बढावा दिन सम्मान पुरस्कार   दिएका छन् । बजार समितिको अध्यक्ष राम नारायण यादवले जानकारी दिनु भयो उक्त शान्ति बजारमा भब्य मेला र सांस्कृतिक प्रोग्रामहरु समेत रहेका छन्।

साथै सखुवानान्कारकट्टी गाउँपालीका वडा नम्बर १ मा नयाँ निर्माण धिन रामजानकी मन्दिरको समुदघाटन गर्न प्रदेश सरकारको कृषि मन्त्री बिजय कुमार यादवले उदघाटन गरेका थिए। मठ मन्दिर जोगाउनु हिन्दु धर्मावलम्बीहरुको दाईत्व नै रहेको हिन्दु धर्मावलम्बीहरुको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *