माधवकुमार नेपाल जनकपुर आउने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर ४ गते।

माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् ।

७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।

तिनकोरियामा ७ गते आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आउँदैछन् । पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश २ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

८ गते नै अध्यक्ष नेपाल जनकपुरधाम फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *