भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर ४ गते।  

भारतको आन्ध्र प्रदेशमा निरन्तर वर्षाका कारण आएको बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु भएको छ । 

गएको दुई दिन भएको वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् । 

बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् । हराएका एक सय जनामध्ये सबैजसो जीवित भेटिने सम्भावना कम रहेको पनि उद्धारमा सहभागीहरुले बताएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *