आज देशका पहाडी भू–भागमा आंशिक बदली

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ५ गते।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो: देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ।प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राती: देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रदेश १ को पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *