अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ९ गते।
बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ ।
बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो ।
स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।
जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन्। यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए।