भारतमा रक्षा प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना १४ जना सवार हेलिकप्टरमा १३ जनाको मृत्यु पुष्टी

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,मंसिर २२ गते।

भारतमा रक्षा प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना १४ जना सवार भएको हेलिकप्टरमा (डी.न.ए) DNA को सहायताले १३ जना को मृत्यु पुष्टी भएको छ।

भारतमा उच्च आर्मी अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । आर्मी चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको इन्डियन एयर फोर्स एमआई-१७ भी ५ हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका न् ।

विपिन रावतलाई गत वर्ष जनवरीमा मात्रै चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए।

 दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत, रावतकी पत्नीसहित १४ जना सवार रहेका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *