आज थपिए ३ सय ४१ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख २० हजार ३४५पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २७ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ सय ४१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २० हजार ३४५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ०७ हजार १५४जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *