अनलाईन न्युजपाटी,उर्मिला यादव ,नवलपरासी,समाचारदाता,पुस ७ गते।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले मंगलबार करिब १ लाख १० हजार ४ सय मुल्य बराबरको बिभिन्न मालसामान बरामद गरेको छ ।
प्रहरीको अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको प्लाष्टिक बुलेट गन ९६ पिस र बिभिन्न किसिमका बच्चाको खेलौना ७२ पिस लगायतका सामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो ।
उक्त मालसामान भारतबाट अवैध रुपमा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ ।
बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनु भयो ।