अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १७ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २५ हजार ०१५पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख १२ हजार २१० जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।