अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ३ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
देशभर गरिएको १४ हजार १४ पिसिआर परिक्षणका क्रममा ५ हजार ७ सय ४७ जना र ३ हजार ४ सय ५१ एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।