अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १० गते।
आज १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २२६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।