अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २६ गते।
आगामी फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुलाउने पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिए । ‘‘नेपाल सरकारकै आदेशबमोजिम मन्दिर बन्द गरिएको थियो । फागुन १ गतेबाट विद्यालय, होटेल, रेस्टुराँहरू खुल्दै छन् । सोही क्रममा सरकारकै आदेशबमोजिम मन्दिर पनि खुला हुन्छ,” उनले भने ।
शिवरात्रि पर्व नजिकिएकाले त्यसको तयारी पनि सुरु गरिने कोषले जनाएको छ ।
कोरोना संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने कोषले जनाएको छ ।