आज थपिए २ हजार ४०१ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ०६ हजार ६१७ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २६ गते।

आज पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०६ हजार ६१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *