अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २७ गते।
आज पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।