अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २९ गते।
ओमानमा सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पाैने १२ बजेदेखि सुरु हुनेछ ।
आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । त्यही लय कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।
यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ ।
नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।
नेपालले दुई वर्षपछि यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।