फागुन १ गते जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, माघ २९ गते।

फागुन १ गते जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले मधेश प्रदेशमा सार्वजनिक विदा घोषणा गरेको छ ।

जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा अगामी फागुन १ गते सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले विज्ञप्ती मार्फत जानकारी दिएका छन ।

प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार साँझ उनले फागुन १ गते (आइतबार) जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *