अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, माघ २८ गते।
सर्लाहीबाट ठुलो परिमाणमा लागुऔषध बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले नाईट्राभेट ट्याब्लेट बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल सुन्दरपुर चोहर्बा बेस क्याम्पको गस्ती टोलीले शुक्रबार मध्यान्ह १२ हजार ट्याब्लेट नाईट्राभेट बरामद गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
बरहथबा नगरपालिका-१७, श्रीपुर कटानीमा ना ५५ प ९२८ नम्बर २२० मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए ।
बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।