अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन ३ गते।
अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र ७ वटा टिपर नियन्त्रणमा लिएको छ ।
गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
टिपर र स्काभेटर नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषा मार्फत आवश्यक कारवाहीको लागि आज जिल्ला समन्वय समितिको कार्यालय, धनुषामा पठाईएको छ ।