अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन ९ गते।
मधेस प्रदेशको भौतिक पुर्वधार विकास मन्त्रालयले३ वर्षभित्र सम्पन्न हुने गरि ९० फिटको भ्युटावर धनुषाको मुखियापट्टीमा बनाउने भएको छ ।
नेपालको सबैभन्दा होचो ठाउँ मानिने धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-२ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो ।

पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि,भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव,सहित प्राबिधिक टोली द्धारा आज भ्युटावर लगायत पिकनिक स्पोटको रूपमा परिचित गर्न लागिएको उक्त ठाउँमा अनुगमन निरिक्षण गर्नुभएको थियो।
उक्त भ्युटावरको उचाइ ९० फिट रहने र ३ वर्षभित्र बनाउने लक्ष्य राखेको भौतिक पुर्वधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए ।
मुलुककै सबैभन्दा होँचो ठाउँमा भ्युटावर बनेपछि पिकनिक स्पटको रूपमा स्थापित हुने सहित सोही ठाउँमा रहेको एक पोखरीको सौन्दर्यीकरण गरी त्यसमा डुंगा चलाउने व्यवस्थापन समेत गरिने मन्त्री यादवले जानकारी दिए ।
करिब ७ करोड रुपैयाँ लाग्ने भ्युटावर र पिकनिक स्पोटको क्षेत्रफल करिब १४ कठ्ठा रहने सो ठाउँमा बासस्थानको समेत रहने मन्त्रालयले जनाएको छ ।