अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १४ गते।
मोरङबाट भारतीय नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन ।
बिराटनगर-१३ नहर चोक स्थितमा सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतिय नक्कली नोट बरामद भएको हो ।
नक्कली नोट सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।