लहानमा सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, फाल्गुन १५ गते। 

सिरहाको लहानमा के.एस.आर. प्रोडक्सनले आयोजना गरेको सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न भएको छ्। २०७४ माघ १८ गते का दिन संस्थाको स्थापना भएको हो।

स्थापना भएको लगत्तै नेपालको माहानायक राजेश हमालको प्रमुख आतिथ्यमा लहान स्थित रहेको होटेल दरवारमा विशाल भ्यालेन्टाईनडे कार्यक्रमको आयोजना गरेको थियो।

मिस सिरहा २०७५ ,मिस्टर एन्ड मिस २०७६,सुपर डान्स च्याम्पियनसिप २०७८ लगायतका कार्यक्रमहरु संचालन गर्दै आएका हुन्।

स्थापना भएको बर्ष देखि निरन्तर कार्यक्रमहरु गर्दै आएका छन।KSR प्रोडक्सनले स्थापना भएको ४ बर्ष पुरा गरि ५ पाँचौ बर्षमा प्रवेश गरिएका छन्। सुपर डान्सर च्याम्पियनसिप

अडिसन राउन्ड माघ १० गते मंगलबार सुरु भएको थियो भने प्रथम राउन्ड माघ २१ गते र दोस्रो राउन्ड फाल्गुन ११ गते बुधबार भएको हो।

फाईनल राउन्ड फाल्गुन ११ गते बुधबार सम्पन्न भएको आयोजक संस्थाको अध्यक्ष सुजित रुचालले जानकारी दिनु भयो। उक्त कार्यक्रममा सहभागी हुन् २८ जना युवा युवतीहरुले फर्मफिलप गरेका थिए,जस मध्ये १३ जनाले रिजेक्ट भएको थियो। फाईन्ल टप १५ अफ फाईनल सम्पन्न भएको छ्। फाईनल राउन्ड लहान स्थित रहेको मारवाडी सेवा सदनमा संस्थाको अध्यक्ष सुजित रुचालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिका वाडा नम्बर ७ का अध्यक्ष रोशन गुप्ता रहनु भएको थियो।

बिशिस्ट अतिथिमा चलचित्र निर्माता निर्देशक तथा वरिष्ठ कालाकार भरत साह,रहनु भएको थियो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सखाको सभापति मनोज बनैता,कालाकार महेश सेन्चुरी,राम कुमार सिंह,सचिन बिश्वकर्मा,मुकेश रुचाल,अर्बिन्द रुचाल,ऋषि मुनि दयाल,किरण पराजुली,रमेश बिक,दिपक दयाल,लगायतका सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

 

कार्यक्रमको निर्णायक मंण्डलमा श्याम सिंह,सुभाष गजमेर, सुजु मगर रहनु भएको थियो। कार्यक्रमको उदघोष कपिल दयाल र आराधना चौधरीले गर्नु भएको थियो।उक्त कार्यक्रममा सदिक्षा खनालले बिजेता भएकी छिन। बिजेतालाई ३० हजार नगद प्रमाणपत्र ५ तोलाको चाँन्दीको ट्रफी दिई सम्मान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *