मिथिला मध्यमा परिक्रमा आज गिरीजा स्थान आई पुग्ने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २१ गते।

मिथिला मध्यमा परिक्रमा आज गिरीजा स्थान आई पुग्ने छ ।

१५ दिने मिथिला मध्यमा परिक्रमा कल्याणेश्वर बाट आज गिरिजा स्थान पुगेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा यात्राको लागि बिहीबारदेखि  प्रस्थान गरेपछि १५ दिवसीय परिक्रमा विधिवत रुपमा आरम्भ भएको हो ।

यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ । हुन त मिथिला नगरमा वर्षमा तीन वटा परिक्रमा हुने गर्दछन् र कात्तिक, फागुन र वैशाखका महिनामा ती परिक्रमा हुने गर्दछन् । यी तीन परिक्रमामध्ये फागुनमा हुने परिक्रमाको महत्व असाध्यै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *