अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन २५ गते।
मलेसियामा झन्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुला गर्न लागिएको हो।
कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुला गर्न लागिएको हो।
आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन्।
कोरोना महामारीका कारण मलेसियाले दुई वर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाएको थियो।